२३ असार, काठमाडौं,
माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको, २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।
सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।




