एजेन्सीको सहयोगमा । विम्बल्डन टेनिसको मंगलबार लण्डनमा भएको प्रतिस्पर्धामा विश्व नम्बर एक अस्लेइग बार्टी सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
अष्ट्रेलियाकी २५ वर्षीय बार्टीले आइला टोमल्जानोभिचलाई ६-१ र ६-३ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेकी हुन् ।
पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेकी बार्टीले अब जर्मनीकी २५ औं वरियताकी एन्जलिक केर्बरसँग खेल्ने छिन् ।




