एजेन्सीको सहयोगमा । । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल इंग्ल्यान्ड र डेनमार्क बीच आज , बुधबार राति १२:४५ बजे वेम्बली स्टेडियममा हुँदैछ ।
यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । गए राति भएको खेल मा इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।
अहिलेसम्म इंग्ल्यान्ड र डेनमार्कबीच २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।




