Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अभिनेत्री गहना बशिष्ठ हृदयघातको कारण अस्पताल भर्ना

अभिनेत्री गहना बशिष्ठ हृदयघातको कारण अस्पताल भर्ना

images
  • 1.2K
    SHARES
  • images

    मुम्बई । फिल्म ‘गन्दी बात’ अभिनेत्री गहना बशिष्ठ अस्पताल भर्ना भएकी छन् । हृदयघातको कारण उनलाई अस्पताल भर्ना गरिएको हो । जसको जानकारी उनका प्रवत्ता फ्लिन रेमेडियोसले दिएका छन् ।

     
     

    रेमेडियोसले मिडियासँग कुरा गर्दै गहनालाई शनिबार हृदयघातका कारण पिश्चम मुम्बईको एक अस्पतालमा लगिएको र आफु मिल्न समेत जान नपाएको बताए । उनले अगाडि भने ‘गहनाको अस्पताल भर्ना गरिएको, उनी बेहोस रहेको र कसैसँग बोल्न नसक्ने रहेको मलाई भनिएको छ ।’

     

    यस अगाडि पनि २०१९ मा सुटिङको सिलसिलामा गहना गम्भिर बिरामी परेकी थिइन् । त्यो समय उनले केही नखाई काम गरिरहेकी थिइन् । जसको कारण उनी बेहोस भएकी थिइन् । सो समय उनी कयौ दिनसम्म पनि अस्पतालमा बेहोश रहेको बताइन्छ । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology