Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बैंकिङ कसुरमा निर्देशक शिशिर राणा पक्राउ

बैंकिङ कसुरमा निर्देशक शिशिर राणा पक्राउ

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार १८:२७ बजे
  • 976
    SHARES
  • images

    कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् ।

     
     

    बैंकिङ कसुरमा फरार रहेका राणालाई आज प्रहरीले पक्राउ गर्न सफल भएको हो । राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ । तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।

     

    फिल्म क्षेत्रमा प्रोडक्सन म्यानेजरका रुपमा भित्रिएका राणा पछिल्लो समय कलाकार तथा निर्देशकको रुपमा परिचित रहेका छन् । ‘अन्दाज’, ‘वडा नम्बर छ’, ‘क्लासिक’लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका राणा सिरियलमा पनि देखिँदै आएका छन् । पछिल्लो समय राणाले फिल्म ‘तिमी सँग’ र ‘पोइ पर्यो काले’ निर्देशन गरेका थिए । ५० वर्षीय राणाको स्थायी ठेगान ललितपुर महानगरपालिका वडा–१ कुपण्डोल रहेको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology