काठमाडौं, २०७८ असार २१ गते
हाल संचालन भइरहेको युरोकप-२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आइएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।




