Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

देशभर तीन हजार ९०० केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो मात्रा लगाइँदै

देशभर तीन हजार ९०० केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो मात्रा लगाइँदै

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार १६:१९ बजे
  • 1.3K
    SHARES
  • देशभर तीन हजार ९०० केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो मात्रा लगाइँदै
    images

    असार २२ गते , काठमाडौँ,

    सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।

    काठमाडौँ जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिनेछ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले करिब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो ।

    खोप अभियान आजदेखि यही असार २४ गतेसम्म सञ्चालन हुने छ । उहाँका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरो सेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइनेछ । खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # #covid
  • # भेरोसेल’

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology