Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एफसी महिला एशियन कप २०२२ भारतको मुम्बई र पुनेमा

एफसी महिला एशियन कप २०२२ भारतको मुम्बई र पुनेमा

images
  • खेलकुद
  • आषाढ २२, २०७८ मंगलवार १५:२८ बजे
  • 1.8K
    SHARES
  • images

    काठमाडौं,

    एफसी महिला एशियन कप २०२२ प्रतियोगितामाको खेल भारतको मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्स र पुनेको वेलवाडीस्थित शिव छत्रपति स्पोर्ट्स कम्प्लेम्समा हुने तय भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एफसी) र एएफसी महिला एशियन कप आयोजक कमिटिको छलफलले मंगलबार खेल स्थानको टुङ्गो लगाएको हो । 

    एफसीले छनौट चरण खेल्ने २८ राष्ट्रलाई ८ समूहमा विभाजित गरेको छ । जसमध्ये ४ वटा समूहमा ४ टोलि छन् भने बाँकी ४ समूहमा ३–३ वटा टोलिलाई विभाजित गरिएको छ ।

    एशियन कप छनौट प्रतियोगिातका लागि नेपाल समूह एफ मा परेको छ । नेपालसँगै समूह एफमा फिलिपिन्स् र हङ्गकङ्ग रहेका छन् । समूह एफको छनौट चरणका खेलहरु आगमी सेप्टेम्बरमा नेपालको दशरथ रंगशालामा हुनेछ ।

    समूह को शिर्ष स्थानमा रहने राष्ट्रले भारतमा हुने महिला एशिया कपमा सहभागिता जनाउनेछ । प्रतियोगिता भने २०२२ को जनवरी २० बाट भारतमा हुने तालिका रहेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # एएफसी महिला एशियन कप २०२२

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology