Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

देवयानी राणा कोकाकोलाको दक्षिण पश्चिम एशियाको उपाध्यक्ष नियुक्त

देवयानी राणा कोकाकोलाको दक्षिण पश्चिम एशियाको उपाध्यक्ष नियुक्त

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार १५:१५ बजे
  • 4.2K
    SHARES
  • देवयानी राणा कोकाकोलाको दक्षिण पश्चिम एशियाको उपाध्यक्ष नियुक्त
    images

    काठमाडौं,

    देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला इण्डियाको उपाध्यक्ष नियुक्त भएकी छन् ।

    नेपालका अन्तिम श्री ३ महाराज (प्रधानमन्त्री) मोहन शमसेर जबराकी पनातिनी तथा राप्रपा अध्यक्ष पशुपति शमसेर जबराकी छोरी देवयानीले भारतका साथै दक्षिण पश्चिम एशियामा सन्चार तथा सार्वजनिक मामिला हेर्ने उपाध्यक्ष नियुक्त गरेको हो ।

    राणाले यसअघि काटरपिलर इण्डियाको निर्देशकका रुपमा भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । राणाले युएनडिपी लगायतका संस्थामा पनि काम गरेकी छन् ।

    दरवार हत्याकाण्डका प्रमुख कारक मानिएका युवराजा दिपेन्द्र वीरविक्रम शाहदेवसँग नजिक रहेकी राणासँग रानी ऐश्वर्याले विहे गर्न नदिएपछि युवराजा निराश बनेको त्यसबेला चर्चामा थियो ।

    दरवार हत्याकाण्डको छानविन आयोगले देवयानीसँग पनि त्यसबेला बयान लिएको थियो । 

    देवयानीको मावली भारतको ग्वालियरको सिन्धिया वंशका महाराजा हुन् । उनकी आमा उषा राजे सिन्धीयाको परिवार नै भारतीय राजनीतिमा छ । राजमाता विजयाराजे सिन्धियाका छोरा माधवराव सिन्धिया भारतीय कांगे्रेसका शीर्षस्थ नेता थिए । उनको विमान दुर्घटनामा निधन भएपछि उनका छोरा ज्योतिरादित्य सिन्धिया कांग्रेस हुँदै हाल भाजपाको राजनीतिमा सक्रिय छन् । 

    स्रोत : नेपाल प्रेस

    images
  • सम्बन्धित विषय:

  • # देवयानी राणा
  • # कोकाकोला

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology