Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा

भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार १४:३६ बजे
  • 622
    SHARES
  • भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा
    images

    असार २० गते,भक्तपुर,

    प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले शुक्रबार एक समारोहबीच ‘सीसीटीभी मनिटरिङ’ सेवाको शुभारम्भ गर्नुभयो । भक्तपुर क्षेत्रलाई सुरक्षाका दृष्टिले चुस्त दुरुस्त राख्ने उद्देश्यले विभिन्न ७६ स्थानमा सीसीटीभी जडान गरिएको छ ।

    कोटेश्वर जडीबुटीदेखि पलाँसेसम्मको राजमार्गमा ६४ र भक्तपुर महानगरीय परिसर आसपास भक्तपुरको भित्री सहरको आवागमनसमेत अनुगमन हुने गरी १२ स्थानमा सीसीटीभी जडान गरिएको हो । 

    भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार राजमार्ग क्षेत्रमा हुने गरेको आपराधिक क्रियाकलाप, सवारी आवागमनको अनुगमनलगायत राजमार्गमा हुने अवैध क्रियाकलापमाथि परिसरको अनुगमन कक्षबाट गहन रूपमा अवलोकन हुनेछ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology