२२ असार । आजदेखि कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।
भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने बतायिएको छ।