Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार ०९:५९ बजे
  • 499
    SHARES
  • images

    काठमाडौँ,

    निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम राखिएको छ ।

    पहिलो चरणमा सम्पन्न हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति असोज २१ गतेदेखि असोज २६ गते सम्म सञ्चालन हुने छ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ देखि कार्तिक ५ गते सम्म सञ्चालन गरिने आयोगले जनाएको छ।

    यसैगरी समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गते देखि कार्तिक २ गते सम्म सञ्चालन गरिने भएको छ । मतदाताको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # मध्यावधि निर्वाचन

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology