Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

टोकियो ओलम्पिकका लागि खेलाडी जापान प्रस्थान

टोकियो ओलम्पिकका लागि खेलाडी जापान प्रस्थान

images
  • खेलकुद
  • आषाढ २२, २०७८ मंगलवार ०९:५४ बजे
  • 1.1K
    SHARES
  • images
    काठमाडौँ,
    पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियो प्रस्थान गरेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
     
    यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।
     

    images
  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology