Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चेक बाउन्स कसूर मा कलाकार शिशिर राणा पक्राउ

चेक बाउन्स कसूर मा कलाकार शिशिर राणा पक्राउ

images
  • समाचार
  • आषाढ २१, २०७८ सोमवार १९:५६ बजे
  • 1.2K
    SHARES
  • images

    २१ असार । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले कलाकार शिशिर शमशेर राणालाई विजुलीबजार काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

     सीआईबीका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना उच्च अदालत पाटनले सुनाएको थियो ।२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।शिशिर राणाले वडा नम्बर ६, क्लासिक, मट्टि माला , जिन्दगि रक्स , वीरविक्रम, कायरा, रामकहानी ,म यस्तो गीत गाउछु , लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी चलचित्र निर्माता तथा निर्देशक समेत हुन् ।सीआईबीको प्रेस बिज्ञप्ति :

    press shishir.jpg

    images
  • सम्बन्धित विषय:

  • # शिशिर राणा

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology