Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

शिक्षामन्त्री श्रेष्ठविरूद्ध सर्वोच्चमा मुद्दा

शिक्षामन्त्री श्रेष्ठविरूद्ध सर्वोच्चमा मुद्दा

images
  • समाचार
  • आषाढ २१, २०७८ सोमवार १२:४३ बजे
  • 1.3K
    SHARES
  • शिक्षामन्त्री श्रेष्ठविरूद्ध सर्वोच्चमा मुद्दा
    images

    काठमाडौँ,

    सञ्चारकर्मी रूपा सुनुवारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै रूपाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।

    उनले पेश गरेको निवेदनमा भनिएको छ, ‘संविधानको मौलिक हकहरुको चरम उल्लंघन गर्दै अभियुक्तलाई हिरासतमुक्त गर्ने तथा फौजदारी न्यायको सिद्धान्त विपरीत सरकारी साक्षीको रुपमा रहेको पीडितको उचित संरक्षण गर्नुको सट्टा झन हतोत्साहित गर्ने उद्देश्यले गोपनीयताको हककाे समेत बर्खिलाप हुने गरी गरेको विपक्षीहरुको कार्यकाविरुद्ध अन्य वैकल्पिक उपचारको बाटो नहुँदा संविधानको धारा १३३(२) र (३) बमोजिमको आदेश जारी गरी पाऊँ ।’

    मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको समेत उनले आरोप लगाएकी छिन् ।

    कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए ।

    मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।

    पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology