Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

जापानमा भारी वर्षा, पहिरोमा २० जना बेपत्ता

जापानमा भारी वर्षा, पहिरोमा २० जना बेपत्ता

images
  • समाचार
  • आषाढ २०, २०७८ आइतवार १६:०१ बजे
  • 1.2K
    SHARES
  • जापानमा भारी वर्षा, पहिरोमा २० जना बेपत्ता
    images

    स्थानीय समय अनुसार शनिबार बिहान साढे १० बजे पहिरो गएको हो । भारी वर्षासँगै गएको पहिरोका कारण जापानमा २० जना बेपत्ता भएका छन् । जापानको मध्य क्षेत्र स्थित अतामी शहरमा भीषण वर्षापछि पहिरो गएको हो ।

    अहिलेसम्म दुईजनाको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    भारी वर्षापछि लेदोसहितको पहिरो शहर हुँदै समुद्र तर्फ गएको सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोहरुमा देखिन्छ ।

    जुलाइको पहिलो तीन दिनमा अतामी शहरमा भीषण वर्षा भएको हो । सामान्य अवस्थामा पूरै महिनामा देखिने भन्दा धेरै वर्षा भएको हो त्यहाँ । यस्तै सीमावर्ती कानागवा क्षेत्रको मौसम पनि उस्तै रहेको छ ।

    जापानमा पहिरोका घटना सामान्य भए पनि भीषण वर्षा र गम्भीर खालका विपदहरुका लागि विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि कारक रहेको भन्दै चासो र चिन्ता थपिएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # जापान
  • # भारी वर्षा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology