Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालन

अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालन

images
  • समाचार
  • आषाढ २०, २०७८ आइतवार १५:४८ बजे
  • 2.2K
    SHARES
  • images

    बनेपा,

    अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

    बाढीले  लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सडक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो।

    इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पुर्‍याउन प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको हो।

    सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन दिउँसो २ः३० बजेदेखि चल्न थालेको प्रहरी निरीक्षक खड्काले बताए।

    ‘रातिदेखि नै बाढीका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा प्रहरी चौकी नेपालथोकबाट खटिएको प्रहरी टोली, रोशी गाउँपालिका र सडक आयोजनाको सक्रियतामा सडक खुलाउने काम भएको छ’, उनले भने, ‘खोलामा अझै बाढी आइरहेका कारण डोजरको प्रयोग गरेर एकतर्फी भए पनि अहिलेका लागि सडक खुलाइएको हो।’

    सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो।

    अहिले पनि खोलामा बाढी आइरहेका कारण जेसिबी परिचालन गरिएको छ।

    images
  • सम्बन्धित विषय:

  • # बिपी राजमार्ग

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology