Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

साझा यातायातका विधुतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

साझा यातायातका विधुतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

images
  • समाचार
  • आषाढ २०, २०७८ आइतवार १५:२१ बजे
  • 688
    SHARES
  • साझा यातायातका विधुतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक
    images

    असार २० गते, काठमाडौँ,

    साझा यातायातका ४० वटा विधुतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले विधुतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ ।

    साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हो ।

    एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ । साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भन्नुभयो, “प्रस्ताव खोलिएको छ, मूल्याङ्कन गर्न एक महिना लाग्छ । हाम्रो लक्ष्य अबको दुई महिनामा सम्झौता गर्ने हो, सम्झौता भएको करिब छ महिनामा बस आउँछन् । ”

    कम्पनीले न्यूनतम दुई करोड १० लाख रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । कम्पनीले बससँंगै चार्जिङ मेसिनसमेत उपलब्ध गराउनेछ साथै पाँच वर्षसम्म कम्पनीले मर्मत गर्नुपर्नेछ । मर्मतसम्भारका पार्टपुर्जा उपलब्ध गराउनुुपर्नेलगायतका प्रावधान राखेर प्याकेजमै सम्झौता गरिने
    तुलाधरको भनाइ छ ।

    भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिँदै छ । मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # साझा यातायात
  • # विधुतीय बस

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology