Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

images
  • समाचार
  • आषाढ १९, २०७८ शनिवार १६:३९ बजे
  • 1.8K
    SHARES
  • ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
    images

    एजेन्सी,

    चिलीलाई १–० गोल अन्तरले पराजित गरी साविक विजेता ब्रजिलले कोपा अमेरिकाको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । दोस्रो हाफको सुरुमै गाव्रियल जेससले रातो कार्ड पाएपछि ब्राजिलले १० खेलाडीमा रहेर कठिन प्रतिस्पर्धा पार गरेको हो ।

    रियो दि जेनेरियोको स्टाडियो निल्टोन सान्तोषमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । रोवर्टो फिर्मिनोलाई प्रतिस्थापन गरी दोस्रो हाफको सुरुमै मैदान छिरेका लुकास पाक्वेटाले एक मिनेटभित्रै गोल गरे । चिलीको बक्सभित्र कप्तान नेइमारसँगको सुन्दर समन्वयसँगै पाक्वेटाले शानदार फिनिसिङ गरे ।

    त्यसको २ मिनेटपछि नै गाव्रियल जेससले रातो कार्ड पाएसँगै ब्राजिल १० खेलाडीमा समेटियो । त्यसयता रक्षात्मक बनेको आयोजक टोलीले अग्रतालाई अन्तिमसम्म कायम राख्न निकै कठिन भएको थियो ।

    सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्नेछ । आजै विहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गरी पेरुले अन्तिम चारमा स्थान बनाएको हो ।

    निर्धारित समयमा ३–३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको हो । समूह चरणमा ब्राजिलले पेरुलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # ब्राजिल
  • # कोपा अमेरिका

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology