काठमाडौं,
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठकको दोस्रो दिन शनिबार बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।
वैठकको एजेण्डामा पार्टी सदस्यता नवीकरण लगायतका विषय रहेका छन् । राजनीतिक विषयमा शुक्रबारनै छलफल र निर्णय भइसकेको छ । शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो । उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।




