१९ असार, गोरखा,
गएराति गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको छ । उनीहरु श्रीमान-श्रीमती हुन् ।
इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् ।




