Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ब्रिटनीको आग्रह लसएन्जल्स उच्च अदालतबाट खारेज

ब्रिटनीको आग्रह लसएन्जल्स उच्च अदालतबाट खारेज

images
  • समाचार
  • आषाढ १९, २०७८ शनिवार १२:३७ बजे
  • 1.3K
    SHARES
  • ब्रिटनीको आग्रह लसएन्जल्स उच्च अदालतबाट खारेज
    images

    गायिका ब्रिटनी स्पेयर्सको संरक्षकमा उनका बुबा जेमी स्पेयर्स नै रहने भएका छन् । बुबालाई आफ्नो संरक्षणकर्ताको रुपमा हटाउन माग गर्दै ब्रिटनीले गरेको आग्रह लसएन्जल्स उच्च अदालतले खारेज गरेको छ । बुबा जेमी सन् २००८ देखि ब्रिट्नीको संरक्षणकर्ताको रुपमा रहँदै आएका छन् । ब्रिटनीले अदालतमा १३ वर्षदेखि आफुलाई जबर्जस्ती औषधी दिने गरेको र आफ्नो इच्छा विपरित काम गर्न लगाएको बयान दिँदै आफ्नो जिन्दगी फिर्ता चाहेको बताएकी थिइन् ।

    उनले विवाह गरेर आफुले बच्चा जन्माउन चाहेकोका बेला संरक्षकले नदिएको र आफूलाई गर्भ निरोधक चक्की राख्न लगाएको आरोप लगाएकी थिइन् । पिता जेमी आफू रोइरहेको हेर्दा आनन्दित हुने समेत बताएकी थिइन् । जवाफमा जेमी स्पयर्सले आफूले छोरीलाई असाध्यै माया गर्ने र उनको भविष्यका लागि चिन्तित रहेको बताएका थिए । उनले ब्रिटनीको आरोपको बिषयमा छानबिन गर्न समेत आग्रह गरेका थिए । 

    जेमीले विगत दुई वर्षयता ब्रिटनीको औषधि तथा व्यक्तिगत कुरा नहेरेको पनि जानकारी गराएका थिए । अनौठौ व्यवहार देखाउन थालेपछि ब्रिटनीले १३ वर्षदेखि संरक्षणकर्ताको संरक्षणमा रहेकी छन् । 

    स्रोत:एजेन्सी

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology