Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

इटाली युरो २०२० को क्वाटर फाइनलबाट सेमिफाइनलमा

इटाली युरो २०२० को क्वाटर फाइनलबाट सेमिफाइनलमा

images
  • समाचार
  • आषाढ १९, २०७८ शनिवार १२:२१ बजे
  • 1.7K
    SHARES
  • इटाली युरो २०२० को क्वाटर फाइनलबाट  सेमिफाइनलमा
    images

    काठमाडौं,

    युरो २०२० को क्वाटर फाइनल खेलबाट विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई २-१ गोलको नतिजामा पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको छ ।

    निकोलो बेरेलाले ३१औं मिनेटमा गरेको गोलसँगै ले अग्रता लिएको थियो । मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।

    पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका जेरेमी डोकुमाथि भएको फाउलमा पेनाल्टी पाएको थियो । इटालियन डिफेन्डर जियोभानी डी लोरेन्जोले १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमका रोमेलु लुकाकुले स्कोर लाइन २-१ मा छोट्याएका थिए ।

    जितसँगै सेमिफाइनलमा पुगेको इटालीले बुधबार वेम्ब्ली स्टेडियममा स्पेनसँग खेल्ने छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology