Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’को प्रसारण आजदेखि शुरु हुने

निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’को प्रसारण आजदेखि शुरु हुने

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १७:२४ बजे
  • 1.7K
    SHARES
  • images

     

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’को प्रसारण आजदेखि शुरु हुने भएको छ । निषेधाज्ञाको समयमा छायांकन सम्भव नहुँदा शोको प्रसारण झण्डै २ महिना रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै शोको छायांकन गरी प्रसारणमा ल्याउन लागिएको हो ।

    अबदेखि शो कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुका ९:१० बजेबाट प्रसारण हुने निर्माणपक्षले जनाएको छ । यस साता प्रसारण हुने शोमा आयोजकले अभिनेत्री रेखा थापा र करिष्मा मानन्धरलाई अतिथि बनाएको छ ।

    स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दै शोको छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । ‘सिजन २’ मा यसअघि १६ भागसम्म प्रशारण भएको शोमा उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको छ ।

    थ्री प्रोडक्सनले निर्माण गरेको कमेडी च्याम्पियनलाई विशाल भण्डारीले निर्देशन गर्दै आएका छन् । यसको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । सिजन २ को उद्घोषण रीमा विश्वकर्मा र मेक्सम गौडेलले गर्दै आएका छन् कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, रीमा विश्वकर्मा, राज घिमिरे र हिरन कुमार बस्नेत रहेका छन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology