Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चौंथो टी-२० मा वेस्ट इन्डिज विजयी

चौंथो टी-२० मा वेस्ट इन्डिज विजयी

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १६:१३ बजे
  • 1.4K
    SHARES
  • images

    चौंथो टी-२० क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ ।

    चौंथो टी-२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको हो ।

    दक्षिण अफ्रीकाका लागि क्विन्टन डी ककले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिन मार्क्रमले २० रन र राबडाले अविजित १६ रन बनाए ।

    गता वेस्ट इन्डिजका ड्वेन ब्राभोले ४ तथा आन्द्रे रसेलले २ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा लेन्डल सिमोन्सले ४७ रन बनाए ।

    फाबियन एलनले अविजित १९ रन जोड्दा निकोलस पुरणले १६ न बनाए ।

    यस्तै दक्षिण अफ्रीकाका ताब्रेज शामी र जर्ज लिन्डेले २-२ विकेट लिए ।

    जितसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।

    दुई टिमबीचको फाइनल खेल शनिबार हुनेछ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology