Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युइएफए युरोकप २०२० को क्वार्ट्फाइनल खेलहरु शुक्रबार (आज) बाट शुरु हुँदैछ

युइएफए युरोकप २०२० को क्वार्ट्फाइनल खेलहरु शुक्रबार (आज) बाट शुरु हुँदैछ

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १५:५८ बजे
  • 1.9K
    SHARES
  • युइएफए युरोकप २०२० को क्वार्ट्फाइनल खेलहरु शुक्रबार (आज) बाट शुरु हुँदैछ
    images

    युइएफए युरोकप २०२० को क्वार्ट्फाइनल खेलहरु शुक्रबार (आज) बाट शुरु हुँदैछ ।

    पहिलो क्वार्टरफाइनल खेलमा आज स्विट्जरल्याण्डले तीनपटकको युरो च्याम्पियन स्पेनको सामना गर्नेछ । क्रेस्टोवस्की स्टेडियममा हुने स्विजरल्याण्ड र स्पेनबीचको खेल नेपाली समयानुसार राती ९:४५ बाजेबाट शुरु हुनेछ ।

    स्विट्जरलयाण्डले प्रि क्वाटरफाइनलमा विश्वविजेता फ्रान्सलाई पेनल्टी शुटआउटमा ५–४ गोल अन्तरले पाखा लगाउँदै अन्तिम ८ मा पुग्न सफल भएको थियो ।

    यस्तै स्पेनले प्रि क्वाटरफाइनल चरणको खेलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै ९ वर्षपछि क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

    स्विजरल्याण्ड र स्पेनबीचको यो २३ औं भेट हुनेछ । यसअघि भएको खेलको आधारमा स्विजरल्याण्डमाथि स्पेन हाबी हुँदै आएको छ । २२ खेल मध्ये १६ खेल जितको स्पनेले एक गुमाउँदै ४ खेल बराबरी खेलको थियो ।स्विजरल्याण्ड र स्पेनबीचको पछिल्लो भने २०२० मा भएको थियो । जुन खेल एकमा एक एक को बराबरीमा सकिएको थियो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology