Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आषाढ  १८ बाट कमेडी च्यापिम्यनको सुरु

आषाढ  १८ बाट कमेडी च्यापिम्यनको सुरु

images
  • 919
    SHARES
  • images

    काठमाडौं– कोरोना महामारी  को कारण दुई महिनादेखि रोकिएको लोकप्रिय कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ को प्रसारण भोलि आषाढ १८  गते शुक्रवारदेखि सुचारु हुने र यो कार्यक्रम हरेक  शुक्रवार तथा शनिवार राति ९ बजे कान्तिपुर टेलिभजिनबाट प्रसारण हुनेछ ।

    स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गर्दै कार्यक्रमका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगीहरूको प्रस्तुति छायांकन गरिएको थियो ।

    सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेका छन् भने यो एपिसोड मा सेलिब्रेटी जजको रूपमा कलाकार  करिश्मा मानन्धर तथा रेखा थापालाई खिएको छ  ।

    पहिलो सीजनलाई पनि दर्शकले अत्यन्त रुचाएको विशाल भण्डारीको निर्देशनमा तयार पारिएको यो कमेडी च्याम्पियन कार्यक्रमलाई केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    images
  • सम्बन्धित विषय:

  • # कमेडी च्यापिम्यन

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology