काठमाडौं । चलचित्र विकास बोर्डको २१ औं वार्षिकोत्सवको अवसरमा बोर्डले कार्यविधि जारी गर्दै सरकारले विश्व फिल्म फेस्टिभल र ओस्कार सहितका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुनेलाई ट्राभल ग्रान्ट उपलब्ध गराउने घोषणा गरेको छ । ती फेस्टिभल र अवार्डमा भाग लिन जाने फिल्ममेकरलाई बोर्डले भ्रमण खर्च लगायतमा सहजीकरण पनि गर्ने भएको छ ।
कार्यविधिअनुसार ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित अथवा विजयी हुने फिचर फिल्मले ८ लाख र छोटो फिल्मले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिने भनिएको छ ।
कान्स, लोकार्नो, भेनिस , सनडान्स बर्लिन, रोटेरडम र टोरन्टो फेस्टिभलमा छानिने फिचरले २ लाख ५० हजार ग्रान्ट र छोटो फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ । अन्य विभिन्न फेस्टिभल अनुसार पनि ग्रान्ट रकम तोकिएको छ । अर्थ र कानून मन्त्रालयबाट कार्यविधि पास भएसँगै लागु भएको छ ।चलचतरक_अनतररषटरय_परवरदधन_गरन_समबनध_करयवध_२०७७.pdf :To download file click here




