Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

४४ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ

४४ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ

images
  • समाचार
  • आषाढ १७, २०७८ बिहिवार १७:३२ बजे
  • 946
    SHARES
  • ४४ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ
    images

    रुपन्देही,

    हत्या आरोपमा ४४ वर्षदेखि फरार रहेका रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान लाई प्रहरीले पक्राउ गरेको छ ।

    कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका दुई जनालाई ४४ वर्षपछि रुपन्देहीबाट पक्राउ गरिएको हो ।

    उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।  २०३४ साल असोज २३ गते राति ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या भएको थियो ।

    सर्वोच्च अदालतले दुबै जनालाई २०४० साल वैशाख ८ गते कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो। फैसला यता दुबै जना हालसम्म फरार थिए ।

    प्रहरीले दुबै अभियुक्तलाई जिल्ला अदालत रूपन्देहीले फैसला कार्यान्वयनको लागि कारागार चलान गरिसकेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology