Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

इटाली पठाइदिने भन्दै साढे ३१ लाख ठगी गरेको आरोपमा पक्राउ

इटाली पठाइदिने भन्दै साढे ३१ लाख ठगी गरेको आरोपमा पक्राउ

images
  • समाचार
  • आषाढ १७, २०७८ बिहिवार १७:२६ बजे
  • 820
    SHARES
  • इटाली पठाइदिने भन्दै साढे ३१ लाख ठगी गरेको आरोपमा  पक्राउ
    images

    काठमाडौँ,

    प्रहरीले इटाली पठाइदिने प्रलोभन देखाएर ३१ लाख रुपैया ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका ७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको छ ।

    रामेछाप उमाकुण्ड गाउँपालिका ३ का २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिई उनीहरूलाई अजरबैजानसम्म पुर्‍याएर बिचल्ली बनाएर फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

    उमेशले वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology