Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

चीनले कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै

चीनले कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै

images
  • समाचार
  • आषाढ १७, २०७८ बिहिवार १७:१५ बजे
  • 1.1K
    SHARES
  • चीनले कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै
    images

    असार १७ गते, काठमाडौं,

    सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं स्थापना दिबसको अबसरमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति सी चिनफिङले चीनको कुनै पनि राष्ट्रलाई दमन गर्ने नीति नरहेको धारणा राख्नुभएको छ । 

    बीबीसीका अनुसार राष्ट्रपति चिनफिङको सम्बोधन सुन्न बेइजिङ्गको तिआनमेन स्क्वायरमा ७० हजार चिनियाँ उपस्थित भएका थिए । करिब एक घण्टा लामो सम्बोधन गर्नुभएका राष्ट्रपति चिनफिङले आधुनिक चीनमा पार्टीको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले कसैलाई चीनमा दमन गर्ने, अधीनमा राख्ने वा बदमासी गर्ने अनुमति नदिने प्रष्ट्याउनुभयो । चीन आफ्नो वृद्धि दरमा केन्द्रित रहने बताउनुभयो ।

    चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को स्थापना सन् १९२१ म भएको हो । ७२ वर्षे लामो गृहयुद्धपछि सीसीपी सत्तामा आएको थियो । सीसीपीको सत्तारोहणपछि विश्वकै शक्तिशालीमध्येका एक राष्ट्रको रुपमा चीनको उदय भएको छ ।

    चिनियाँ आर्थिक वृद्धि दरलाई अमेरिकाले दबाउन खोजेको आरोप लाग्दै आएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology