Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपालमा पहिलो पटक साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’

नेपालमा पहिलो पटक साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’

images
  • समाचार
  • आषाढ १७, २०७८ बिहिवार १७:०६ बजे
  • 763
    SHARES
  • नेपालमा पहिलो पटक साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’
    images

    असार १४ गते,तनहुँ, 

    नेपालमै पहिलो पटक भित्र्याएको साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’ (रुख चढ्ने),  तनहुँको भिमाद नगरपालिका–७ राङरुङ हटियामा सोमबार सफल परीक्षण गरिएको छ । पर्यटक तान्ने नयाँ उपायको लागि पहिलो पटक भित्र्याइएको दाबी उक्त वडाका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘पर्यटक भुलाउने नयाँपनको लागि फरक काम गर्न यो खेल भित्र्याएको हौं’’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । परीक्षण सफल भएकाले स्थानीय बासिन्दा उत्साहित भएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    पछिल्लो समयमा नेपालमा भित्रिएका विभिन्न साहसिक खेलहरु मन जिप्न थालेको पाइएको छ । प्याराग्लाईडिङ्ग, बञ्जिजम्प, जिप फ्लाईलिङ, रक क्लाईम्विङ्ग लगायत साहासिक खेलहरु नेपालमा रुचाईएको र ‘‘ट्री क्याइम्विङ’’ झनै बढी लोकप्रिय हुने विश्वासमा खेल भित्र्याइएको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । गाउँलाई पर्यटकीय गन्तव्य बनाउनको लागि नेवार समुदायको संस्कृतिमा आधारित होमस्टे सञ्चालनको तयारी भइरहेको खेल भित्र्याइएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँमै आम्दानीको बाटो पहिल्याई बसाई सराई रोक्न होमस्टेको पूर्वाधारहरु तयार भईसकेको र कोभिड सङ्क्रमणको कारणले सञ्चालनमा ल्याउन नसकिएको वडाले जनाएको छ ।

    “विदेशमा ‘‘ट्री क्याइम्विङ’’ खेल निकै लोकप्रिय छ, यहाँ रहेको साल (काठहरु मध्ये सवैभन्दा बढि चुर पर्ने बलियो प्रजाति) को रुखमा यो खेलको सम्भावना राम्रा देखिएपछि प्राविधिक रुपमा परिक्षण सफल भएपछि उत्साह जागेको छ” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । डोरीको माध्यमबाट रुख चढेर मनोरञ्जन लिइने यो खेल सञ्चालनका लागि एसेट्स ग्रुप अफ नेपालले प्राविधिक सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।

    स्रोत : गोरखापत्र अनलाइन

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology