काठमाडौं,
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले, ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुल्ला गरेको हो ।
बिहीबारबाट खुल्ला भएको कम्पनीको आईपीओ आउँदो असार २१ गतेसम्म जारी रहनेछ । यद्यपी, माग अनुरुप आवेदन नपरे आईपीओको म्याद असार ३० गतेसम्म जारी राख्ने कम्पनीले जनाएको छ ।




