बुधबार मध्यरातसँगै विश्वको सर्वोत्कृष्ट खेलाडी मध्येका एकका स्टार खेलाडी मेस्सी सम्झौताबाट मुक्त भएका छन् । एक वर्ष पहिले बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको बुँदा र व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य भएका थिए । 
अहिले मेस्सीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटी को पनि चासो छ । भलै मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् ।३४ वर्षका मेस्सीको नाम अमेरिकाको मेजर लिग सकर क्लबसँग पनि जोडिएको छ ।




