दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान मन्त्रिपरिषद्को असार ७ को निर्णयानुसार चारवटा वायुसेवाका दैनिक ६७ उडानलाई अनुमति दिंदै आज बाट शुरु गरिएको छ ।
कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो ।
उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको भए पनि अधिकांश स्थानमा भारी वर्षा भएकाले आजको उडान निर्धारित समयानुसार नभएको पयिएको छ ।
श्रोतका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ ।
अहिले सम्म पनि संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।श्रोत : रा स स




