भारतिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी बुद्ध भिक्षुको अवतारमा देखिएका छन् ।
२०२१ ईन्डियन प्रिमियर लिग (आईपीएल) तयारीका लागी चेन्नई सुपर किङ्गसको प्रशिक्षण सिविरमा रहेका धोनी एकाएक भिक्षु अवतारमा देखा परेका हुन् ।
यस तस्विरमा, धोनी तल हेरीरहेका छन् । पूर्ण रूपमा बुद्ध भिक्षुको पोशाकमा बसेका उनले आफ्नो कपाल समेत खैरेका छन् । फ्यानहरूले धोनीको यो लुकलाई धेरै मन पराई रहेका छन् र प्रतिक्रिया दिई रहेका छन् ।
वास्तवमा यो तस्विर केका लागी खिचिएको हो प्रस्ट नभए पनी विज्ञापनका लागी धोनी भिक्षु अवतारमा देखा परेको हुन सक्ने बताईएको छ ।
उनले एक मार्शल आर्ट प्रशिक्षण क्याम्पको विज्ञापनका लागी यो तस्विर खिचेको हुन सक्ने बताईएको छ ।
आईपीएलको १४ औं संस्करण अप्रिल ९ देखि सुरु हुदै छ । यसको तयारीका लागी सबै फ्रन्चाईज टोलिहरुले सिविरको आयोजना गरिरहेका छन् ।





