
काठमाडौं,
सेयर कारोबार नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ ।
दिनभर भएका ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन् ।
सबै समूह घट्दा पनि लघुवित्त समूह २६ दशमलव ४ अंकले बढेको छ ।




