Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कर्णाली प्रदेशमा धान दिवस मनाउन सार्वजनिक बिदा

कर्णाली प्रदेशमा धान दिवस मनाउन सार्वजनिक बिदा

images
  • समाचार
  • आषाढ १४, २०७८ सोमवार १७:४९ बजे
  • 949
    SHARES
  • images

    सुर्खेत,

    कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ ।

    वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए । उनका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन् ।

    असार १५ दही–चिउरा  खाएर मनाउने चलन छ । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा समेत लिइन्छ । धान दिवसको दिनमा कृषिलाई प्रवर्द्धन गर्नका लागि पनि सार्वजनिक बिदा दिइएको प्रवक्ता खड्का बताउँछन् ।
     
     

    images
  • सम्बन्धित विषय:

  • # धान दिवस
  • # कर्णाली प्रदेश

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology