काठमाडौँ,
कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै आफ्नै एक महिला सहयोगीलाई चुम्बन गरे लगत्तै बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककको चर्को आलोचना भए पछि उनले राजीनामा दिएका छन् ।
उनले अँगालो हालेको र चुम्बन गरेको तस्वीर द सन पत्रिकाले शुक्रबार छापेको थियो । अरूलाई मात्रै मापदण्ड मन्त्रीलाई नियम नलाग्ने भन्दै उनको चर्को आलोचना भएको थियो ।
ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्।




