Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने

जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने

images
  • समाचार
  • आषाढ १४, २०७८ सोमवार १२:१८ बजे
  • 1.5K
    SHARES
  • जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने
    images

    टोकियो, 
    टोकियोमा कोभिड–१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने बताउनुभएको छ ।

    महामारी नियन्त्रणमा लिनका लागि राजधानी टोकियोसहित सङ्क्रमण बढी रहेका निश्चित क्षेत्रहरूमा कोभिड–१९ नियन्त्रणका उपायहरूलाई अवलम्बन गर्नुपर्ने देखिएंको उहाँले बताउनुभयो । आइतबार एनएचकेको बहस कार्यक्रममा निशिमुराले अहिल्यै महामारी नियन्त्रण नभएको तर टोकियोमा भएको प्रकोपको अवस्थामा सुधार भएको संकेत गर्नुभयो ।

    उहाँले कोभिड सङ्क्रमण फैलिन नदिन अपनाइएका कडा नियमहरू बमोजिम मदिरा बेचबिखन गरिरहेका बार र रेष्टुरेन्टहरूमा कडा कदम चाल्नसक्ने विचार गर्न व्यक्त गर्नुभयो । देशभरको अवस्थाबारे उहाँले भन्नुभयो, “हल्कादेखि मध्यम लक्षण भएका युवा बिरामीहरूको वृद्धिको कारण आगामी दिनमा सानोदेखि मध्यम आकारका अस्पतालहरूमा भार पर्नेछ । यसमा सबैको सहयोगका लागि सरकारले अपिल गर्दछ ।”
    निशिमुराले भन्नुभयो, “सरकारका प्रतिनिधिले अस्पतालको शै्ययामा निगरानी राखिनेछ र स्वास्थ्य सेवाहरूलाई थप प्रभाबकारी बनाइनेछ ।”

    एनएचके वल्र्डले उहाँलाई उद्धृत गर्दै भनेको छ, “बन्द स्थान, भीडभाड भएका ठाउँलगायतका स्थानमा भाइरसको सङ्क्रमण फैलिनसक्ने विज्ञहरूको सुझाबपछि सङ्कटकाल हटाइहाल्ने अवस्था देखिएन ।”

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology