धनकुटा,
धनकुटा नगरपालिका वडा नम्वर ९ स्थित गोलाइमा सवारी दुर्घटनामा नाै जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाँई, सवारी चालक शिवबहादुर खड्का हुनुहुन्छ भने नेपाली सेनाका सात जना गरि नाै जना घाइते भएका छन् ।
हिले बाहिनीबाट बन्दोबस्तीका सामान बोकेर विराटनगर जाँदै गरेको गाडी र स्वास्थ्य कार्यालय धनकुटाको धरानबाट स्वास्थ्य सामग्री लिएर धनकुटा आउँदै गरेको जीप धनकुटा नगरपालिका वडा नम्वर ९ मुलघाट नजिक एक आपसमा ठोकिदा दुर्घट्ना भएको हो ।
घाइते चालक खड्कालाई धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । सवारी दुर्घट्नामूा गम्भीर घाईते पाँचजना सैनिकलाई हेलिकाेप्टरमा लगिएको छ भने नेपाली सेनाका दुईजना र स्वास्थ्य कार्यालय धनकुटाका चालक, कार्यालय प्रमुख गुराँगाई सामान्य घाइते भएको जनाइएको छ ।




