Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

इटाली लगातार चौथो पटक युरो 2020 को क्‍वार्टरफाइनलमा

इटाली लगातार चौथो पटक युरो 2020 को क्‍वार्टरफाइनलमा

images
  • समाचार
  • आषाढ १३, २०७८ आइतवार ०३:२६ बजे
  • 523
    SHARES
  • images

    इटाली लगातार चौथो पटक युरो 2020 को क्‍वार्टरफाइनलमा

    Italy-.jpgशनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयको ९५औं मिनेटमा फेडेरिको किएसाले र त्यसको ६ मिनेट नबित्दै माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

    दुई सब्स्टिच्युट खेलाडीको निर्णायक प्रदर्शनपछि इटालीले अतिरिक्त समयको पहिलो हाफमै दुई गोल थप्यो । अतिरिक्त समयको पहिलो हाफमा २-० ले पछि परेको अस्ट्रियाका लागि पनि सब्स्टिच्युट खेलाडी सासा कलाड्जिकले ११४औं मिनेटमा एक गोल फर्काए । 

    अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै १९६८ को च्याम्पियन इटाली युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्‍वार्टरफाइनलको यात्रा तय गरेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # Euro cup 2021
  • # Euro cup 2020
  • # इटाली

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology