युरो 2020 को क्वार्टरफाइनलमा डेनमार्क
काठमाडौं । शनिबार नेदरल्यान्ड्समा भएको अन्तिम-१६ अन्तर्गत नक आउटको पहिलो खेलमा गत संस्करणको सेमिफाइनलिस्ट वेल्सलाई ४-० गोलको फराकिलो नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ ।डेनिस टोलीका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक- एक गोल गरे ।
डेनमार्कले इन्जुरी समयमा ब्रेथवेटले गरेको गोलसँगै ४-० को जित सुनिश्चित गर्यो ।जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो ।




