काठमाडौँ– बानेश्वरस्थित संसद भवनमा पत्रकारसँगको अन्तरक्रियामा वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने र अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको बताएका छन्।
अहिले आएर संविधान, प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आफू विपक्षीसँग उभिएको र उनले आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध विद्रोहीको रुपमा प्रस्तुत भइरहने बताए।
माधवकुमार नेपालले भने, ‘केपी ओलीलाई सत्ता बाहेक अरु केही पनि चाँहिदैन। बरु आफू बस्न नपाएको कुर्सी भाँचिदिन तयार हुनुहुन्छ।’
प्रधानमन्त्री ओली सुध्रिनेमा आफूलाई विश्वास नभएको भए पनि ओलीले ‘कार्स करेक्सन’ गरेमा उनीलाई आफूहरुले स्वीकार गर्ने बताए।




