भारतमा सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतीय अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको छ ।त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ ।




