Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नाट्यकर्मीहरुलाई खोपको माग

नाट्यकर्मीहरुलाई खोपको माग

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार १२:३७ बजे
  • 571
    SHARES
  • images

    photo-1503095396549-807759245b35.jpg

    काठमाडौं,

    नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीहरुका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

    महासंघका अध्यक्ष राजेन्द्र रिमालका अनुसार स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक रहेकोले विश्वव्यापी महामारीका रुपमा आएको कोभिडको विरुद्ध लगाईने खोप नेपाली नाट्यकर्मीहरुलाई पनि प्राथमिकताका साथ उपलब्ध गराईदिन जोडदार माग गरिएको हो ।

    महासंघले नेपाली नाट्यकर्मीहरुले हरेक विपतमा राज्यलाई सहयोग गर्दै आईरहेको र अहिले कोभिड प्रभावित क्षेत्रमा अक्सिजन सिलिन्डर, मास्क, पिपिई, स्यानिटाईजर लगायत खाद्यान्न समेत स्वतस्फूर्त रुपमा उपलब्ध गराएको र भर्खरै गएको बाढीपहिरो पीडितहरुलाई पनि आवश्यक सहयोग पुर्‍याउदै आएको स्मरण गराएको छ ।

    त्यस्तै कोभिड १९ का कारण बन्द गरिएका नाट्यशालाहरुलाई अन्य क्षेत्रहरुलाई जस्तै स्वास्थ्य सावधानी अपनाएर सञ्चालन अनुमति प्रदान गर्न समेत माग गरिएको छ । ‘पेशागत रुपमै नाटकमा आबद्ध नाट्यकर्मीहरुको विगत लामो समयदेखि पेशा खोसिएर बस्नुपरेको छ । जसले जीवनयापनमा नै कठिनाई उत्पन्न भएको छ’, महासंघले भनेको छ ।

    महासंघले नाट्यशालाहरु खोलेर नाट्यकर्मीहरुको जीवन सहज बनाउन समेत माग गरेको छ ।

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology