मुम्बई । हाई प्रोफाइल हत्या केस संग सम्बन्धित एउटा आइटि प्रोफेसनल को कथा मा तेलेगु भाषा को हिट फिल्म नान्धि को रिमेक हिन्दि भाषा मा बनाउने घोषणा कलाकार निर्माता अजय देवगन ले गरेका छन् । आफ्नो tweeter मा सो कुरा उनले उल्लेख गरेका हुन्। फिल्म लाई अजय देवगन फिल्म्स, दिल राजु प्रो,कुलदीप राठौर र मुम्बई ताकिज पराग देसाइ ले मिलेर निर्माण गर्नेछन।
तेलेगु भाषामा बनेको यो फिल्म लाई विजय कनाकमेदाला को निर्देशन र सतिश वेगेस्ना को निर्माण मा बनेको फिल्म नान्धि मा अल्लारी नरेश र वारालक्ष्मी ले अभिनय गरेका थिए।
१९ फेब्रुअरी २०२१ मा रिलिज भएको यो फिल्म ले ६ करोड बढी को व्यापार गरेर सुपर हिट भएको थियो .





