Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरण आजदेखि सुरु हुँदै

युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरण आजदेखि सुरु हुँदै

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार ११:०८ बजे
  • 526
    SHARES
  • images

    काठमाडौं,

    युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरण आजदेखि सुरु हुँदैछ ।

    जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।

    पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउटमा स्थान बनाएका छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले नकआउटमा स्थान बनाउँदा समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।

    समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।

    क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने खेलमा ९:४५ बजे वेल्स र डेनमार्क भिड्ने छन् । त्यस्तै, राति १२:४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।

    आइतबार राति नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जिम र पोर्चुगल भिड्नेछन् । सोमबार राति भने क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीट्जरल्यान्ड भिड्नेछन् ।

    मंगलबार राति भने इङ्ल्यान्ड जर्मनी तथा स्वीडेन र युक्रेन भिडेसँगै क्वार्टरफाइनल समीकरण सकिनेछ ।

    images
  • सम्बन्धित विषय:

  • # Euro cup 2020

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology