आजदेखि युरो २०२० मा नकआउट चरण
काठमाडौं । जुन १२ देखि युरोपका ११ शहरमा जारी युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो लिग चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।२४ टोलीबाट बाँकी ८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।
समूह ए बाट
इटाली, वेल्स र स्वीट्जरल्यान्ड
समूह बी बाट
बेल्जियम र डेनमार्क
समूह सीबाट
नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले
समूह डीबाट
इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक
समूह ईबाट स्वीडेन र स्पेन
समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।
क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने खेलमा ९:४५ बजे वेल्स र डेनमार्क भिड्ने छन् । त्यस्तै, राति १२:४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।
आइतबार राति नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जिम र पोर्चुगल भिड्नेछन् । सोमबार राति भने क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीट्जरल्यान्ड भिड्नेछन् ।
मंगलबार राति भने इङ्ल्यान्ड जर्मनी तथा स्वीडेन र युक्रेन भिडेसँगै क्वार्टरफाइनल समीकरण सकिनेछ ।




