Logo

सोमवार, श्रावण ११ गते २०८३

ताजा अपडेट :

जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

images
  • समाचार
  • बैशाख २४, २०८१ सोमवार १०:४४ बजे
  • 139
    SHARES
  • images

    काठमाडौँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानी विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । उनी गएराती स्वदेश फिर्ता भएकी हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् ।

    आइत बिहान काठमाडौँ आइपुगेकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

    उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । त्यस्तै उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधिमण्डलसँग छलफल समेत गरेकी थिइन् ।
     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology